इस्कूस खेती कसरी गर्ने ? के छन् त इस्कूसका फाइदाहरू ?

इस्कूस हाम्रो भान्सामा प्रयोग हुने महत्त्वपूर्ण तरकारी हो। यसको अङ्ग्रेजी नाम Chayote र वैज्ञानिक नाम Sechium Edule हो। इस्कूसलाई सागसब्जिको Cucurbits परिवार अन्तर्गत राखिएको छ। इस्कूसको उत्पत्ति र विकास मेक्सिको र ग्वाटेमालाबाट भएको मानिन्छ। इस्कूसमा कार्बोहाइड्रेट्स 4.51%, सुगर 1.66%, फ्याट 0.13% साथै भिटामिन B, C, E र K प्रचुर मात्रामा पाइन्छ। इस्कूसबाट पाइन सकिने भिटामिन र खनिज पदार्थको चार्ट तल तस्बिरमा दिइएको छ।

यो अमेरिकामा छोटो समयमा सबैभन्दा लोकप्रिय बनेको सब्जी हो। अमेरिकाको फ्लोरिडा, क्यालिफोर्निया, लुसियाना आदि राज्यहरुमा इस्कूसको ब्यावसायिक खेती गरिएको पाइन्छ। आफ्नो उत्पादनले नपुगेर वार्षिक करिब 8000 मेट्रीक टन इस्कुस कोस्टारिका, मेक्सिको, ग्वाटेमाला आदिबाट अमेरिकाले आयात गर्ने गरेको छ।

इस्कूसलाई देश अनुसार विभिन्न नामले चिन्निन्छ। जस्तै जापानीजहरुले चु चु भन्दछन र विभिन्न सुपका परिकारहरु बनाएर खान्छन, जमाइका र पश्चिमी केरेबियनहरुले चोचो भन्दछन र कृस्टोफेने नामको परिकार बनाएर खान्छन। साथै फिलिपिन्समा इस्कूसलाई Sayote भनिन्छ र इस्कूसबाट सुप, चप्सी आदि परिकार बनाएर खाने गर्दछन। साथै इन्डोनेसियामा लबु सियम (Labu Siam), म्यानमारमा गोर्खा फ्रुट, चिनमा फोसोग्वा (Foshougua) आदि नामले चिन्निन्छ भने सोहिअनुसार इस्कूसका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ।

विभिन्न रोगको उपचार

इस्कूसको जरा (तरकारीको रूपमा प्रयोग गर्न सकिन्छ)

इस्कूसको पातबाट उत्पादित चियाको नियमित सेवनबाट किड्निको पत्थरीको समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै मुटु रोगिको निमित्त पनि इस्कूसले धेरै लाभ दिने बताइन्छ। साथै उच्च रक्तचाप सम्बन्धी बिरामीको निमित्त पनि इस्कूसका परिकार लाभदायक मानिन्छ।

खेती गर्ने तरिका

इस्कूस खेतिका निम्ति न्यानो तथा ओसिलो हावापानीको आवश्यकता पर्दछ। हाम्रो देशको पूर्वी पहाडी भेगमा 490 देखि 1500 मिटर उचाई भएको र मध्यम स्तरको वर्षा हुने ठाउँ इस्कूस खेतिका निम्ति उपयुुक्त मानिन्छ। माटोमा चिस्यान उपयुक्त मात्रामा चाहिन्छ, आवश्यकता भन्दा धेरै चिस्यान भएमा जरा कुहिने समस्या आउन सक्छ। यसलाइ अक्सर माघ फागुन सम्ममा रोप्नुपर्दछ। बिरुवा जागिसकेपछी समय समयमा सिचाइको ब्यवस्था गर्नुपर्दछ। त्यसपछि बिस्तारै फूल खेल्दै फल लाग्न सुरु गर्दछ, फल लाग्ने क्रम करिब 6 महिना सम्म चल्छ।

माटोको तयारी

इस्कूसको मुन्टा (तरकारीको रूपमा प्रयोग गर्न सकिन्छ)

ठाउको उपयुक्त छनोट र माटोको राम्रो तयारी गरे मात्र इस्कूसबाट सोचे अनुरुप उत्पादन लिन सकिन्छ। माटोको तयारी गर्दा इस्कूस रोप्ने खाडल कम्तिमा 2 फिट गहिरो र 3 फिट चौडा हुन आवश्यक छ। खाडल तयार गरिसकेपछि मलको उपयुक्त समायोजन गर्नुपर्ने हुन्छ। जुन यसप्रकार छ।

  • राम्रोसंग पाकेको गोबर मल – 10 देखि 15 के.जि.
  • कम्प्लेक्स – 250 ग्राम
  • पोटास – 60 ग्राम
  • किरा मार्ने विषादीको धुलो – करिब 20 ग्राम

इस्कूस रोप्दा छिप्पिएका फलहरुबाट निस्केको बिरुवा साथै कलमीबाट उत्पादित बिरुवा पनि रोप्न सकिन्छ। दाना रोप्दा करिब 15 सेन्टिमिटर माटोले छोपेर त्यसमाथी झ्यास वा पत्करले ढाक्न सक्नुहुन्छ।
तर कलमीबाट उत्पादित विरुवालाइ स-सानो थाक्राको सहायताले डोरि अथवा बाँसबाट बनाइएको माच सम्म पुर्याउन सकिन्छ।

रोग र सुरक्षा

१. लाइ किराको समस्या
लाइ किराको समस्याबाट इस्कूसलाई जोगाउनको निम्ति इस्कूसको बोट र जरा वरिपरि खरानी छर्किनु पर्ने हुन्छ, खरानिमा भएको छार तत्त्वले लाइ किरालाइ नस्ट गर्दछ।
२. पात बटारिने / डल्लो पर्ने समस्या
माटोमा नाइट्रोजनको मात्रामा कमि हुँदा विरुवामा पात बटारिने वा थेग्ला आउने समस्या हुन्छ। थेग्लाको समस्याबाट छुटकारा पाउनको निम्ति काचो दूध स्प्रे गर्न सकिन्छ भने बटारिने समस्याको लागि गहुत, धोक्रेको फुल र डाठ कुहाएर बनाएको झोल स्प्रे गर्न सकिन्छ।
३. मुसाको समस्या
मुसा नियन्त्रणको निम्ति मुसादानी वा विषआदि प्रयोग गर्न सकिन्छ तर सबैभन्दा उपयुक्त इस्कूसको बोट वरिपरि धनिया रोप्न सकिन्छ, जस्को गन्धले मुसा आफै भाग्छ र लहरा वा जरा काट्ने रोगबाट मुक्ती पाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top