घिउकुमारीका फाइदाहरु के–के हुन्छन् र यसको महत्व के ?

  • यो आयुर्बेदिक औषधी तपाईंहरूको घरमा पाइन्छ, यसले हाम्रो रक्तसन्चारलाई सफा पार्न मद्दत गर्दछ । यो बिहान बेलुका खाली पेटमा खाना खानु अगाडि सेवन गर्ने गर्नु पर्दछ ।
  • हात गोडाहरू पोलेको खन्डमा यसको रस र नौनी वा यसको रस र गोलभेडाको रस मिसायेर लगायो भने तुरुन्त्त सित्तल मिल्छ ।
  • कान दुखेको छ र सहन नसक्ने भएको छ भने केही तातो बनएर १-२ थोपा कानमा दैनिक लगायो भने निर्मुल पार्न सकिन्छ ।
  • आखाको गेडा दुखेको छ भने पनि यो र बेसारको लेप बनाइ आखाको वरिपरी लगाउने अनि १५-२० मिनेट पछी मनतातो पानीले सफा गर्ने । यो प्रकृया दिनमा २-३ पटक गर्ने, बिस्तारै दुख्न कम हुँदै जान्छ ।
  • अनुहारको चाया पोतो डन्डिफोहोर जतीपनि अनुहार बिगार्ने समस्या छन यसमा गाइको घिउ, मह मिसाएर लगायो भने निको हुनुको साथै अनुहार सफा र चम्किलो बनाउन मद्दत गर्छ ।
  • यो खाएमा चिनी रोगलाई समेत फाइदा गर्छ ।
  • कमलपित्त रोगको लागि २ वटा पातको भित्री जिब्री र जीराको धुलोसँग मिसाएर सेवन गर्नुभयो भने यसले फाइदा गर्छ ।
  • महिनावारीमा पेट दुख्छभने यसको रस १५-२० मि.ली. दैनिक रुपमा खायो भने बिस्तारै कम हुँदै जान्छ, यसको साथै पुरुषहरुको लागि सन्तान उत्पादन शक्ती पनि बृदि गर्न सहयोग गर्छ ।
  • पेट सम्बन्धी सम्पूर्ण रोगहरु यसले केही असर नगरी निको पार्न सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top