बारम्बार एकै किसिमको सोचाई आउँछ, ओसिडी (Obsessive-Compulsive Disorder (OCD)) पो भएको छ कि ?

जबरजस्ती मनमा नचाइने बिचारहरु, यस्तो बिचार मेरो मनमा नआइदिए हुन्थ्यो जस्तो लाग्छ तर जबर्जस्ती त्यो बिचार चाहिँ मनमा आउँछ । जस्तै कुनै महिला भन्सामा काम गरिरछिन र यदि उनलाई OCD को समस्या छ भने उनले तरकारी काट्नलाई हातमा चक्कु लिराछिन भने मैले यो चक्कुले कसैको आँखा घोचिदिन्छु कि, कसैको पेटमा हान्छु कि, कसैलाई केही गरिदिन्छु कि भन्ने उनलाई डर लाग्छ । त्यो व्यक्तिले यस्तो खालको बिचार नआइदिए हुन्थ्यो भन्ने चाहन्छ तर जबर्जस्ती आउँछ, यसलाई हामी Obsessions भनेर बुझ्दछौँ । यसमा जस्तै ढोकामा चाबी लगाएँ कि लगाइन भनेर फेरि फर्केर हेर्ने, बाटोमा हिड्दा गाडिले हान्छ कि, कसैले पछाडिबाट पो हान्छ कि भन्ने जस्ता बिचार मात्र आउने तर वास्तवमा त्यो मान्छेले त्यस्तो केही गर्छ भन्ने हुँदैन ।

कुनै बिचार आउछ अनि त्यो बिचारलाई जसरी पनि गर्नै पर्ने हुन्छ, जस्तै बाथरूम गयो अनि शौच गरेर साबुन पानीले १ पटक हात धोइञ्छ, फेरि गएन कि भनेर ४-५ पटक हात धोइञ्छ । त्यसै गरी जस्तै नुहाउदा पनि साबुन लगाएर एकचोटी पखालिन्छ अनि फेरि साबुन गएन कि भनेर अर्को चोटी पनि ४-५ पटक लगातार पखाल्नु पर्ने, लुगा फोहोर छैन तर धुनु पर्ने, बाटो मा हिडिराखेको छ तर मान्छे छुनु पर्ने, यसलाई चाहिँ हामी Compulsions भन्छौँ ।

यो दुबैलाई मिलाएर हामी Obsessive-Compulsive Disorder (OCD) भन्छौ ।
यसले यदी व्यक्तिलाई कुनै समस्या छैन, परिवारलाई कुनै समस्या दिएको छैन, यो अलिअलि हुन्छ र कन्ट्रोल गर्न सकिन्छ भने औषधी गर्नै पर्छ भन्ने छैन तर व्यक्तिलाई यो बिचारहरु आएर र धेरै समय खाइदिन्छ, घरको सदस्यलाई पनि उसको बानीले गर्दा गाह्रो भएको छ भने यसलाई गर्ने उपचारहरु दुई वटा छन्; एउटा औषधी छ भने अर्को Psychotherapy (Behavioral Therapy System) हो। यो गरेर यसलाई निकै हदसम्म निको पार्न सकिन्छ । यसलाई पूरै निको पार्न गाह्रो छ तर यसलाई १००% बाट ४०-५०% सम्म ल्याउन सकिन्छ। यति हुँदा पनि निकै सजिलो चाहिं हुन्छ । OCD लाई हुन नदिने नै भनेर चाहिं त्यस्तो केही उपाय छैन तर माथि भने जस्तै गरि निकै हदसम्म कम गर्न सकिन्छ र मान्छेको जीवन सजिलो गरि बिताउन सक्ने सम्मको हुन्छ ।

आत्महत्या OCD भित्र पर्दैन तर आत्महत्याको बिचार कहिलेकाहिँ आउन सक्छ वा कहिलेकाहिँ मर्दिउ कि जस्तो सबैलाइ आउन सक्छ । यो ठूलो कुरा हैन तर म जसरी भएपनि नमरी छोड्दिन, म यसरी मर्छु, यसो गर्छु भनेर बारम्बर आइरहदा चाहिं मान्छेले आत्महत्या गर्ने हो । अब कुनै मान्छेले OCD को उपचार नै भएन, यस्तो भयो उस्तो भयो भनेर धेरै सोच आइरहँदा कहीं कतै आत्महत्या हुन सक्छ तर अगाडी पनि भनिएको छ कि OCD लाई औषधी गरेर १००% बाट ४०-५०% बनाएर राम्रो जीवन पाउन सकिने हुनाले Obsessive-Compulsive Disorder (OCD) लाई नालुकाउँ, औषधी खान नडराऊँ र यसलाई Control गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top